Find Us On Facebook

http://www.revenuehits.com/lps/v41/?ref=@RH@FtQjMhbzu9J0_7r-aqsA5A

Monday, February 22, 2016

आखिर किन गरीन त अन्जु पन्तले आत्महत्याको प्रयास ????

स्वरमा समस्या
‘नबिर्सें तिमीलाई’, ‘तिम्ले पराई ठानेपछि’ जस्ता गीत हिट भइरहेका थिए । आफ्नो करियरमा सफलता मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन थाल्यो । उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन ।
anju
उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’ जति गरे पनि केही नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ । त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै बस्नै नसक्ने भएँ ।
एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ । अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो । एकचोटि एक्लै हुँदा एक तला माथिबाट हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो । आफैँले गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’ भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’ भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको समस्या ठीक हुने सँभावना देखिएन ।

संयोगले खुल्यो स्वर
म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प थिएन । उपचार पनि चलिरहेकै अवस्था पनि थियो । यो संयोगले मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक भयो । तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना थला परेँ ।
आत्महत्या प्रायस कारण दुवै मृगौलामा समस्या
कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ । केही पत्ता लागेन । ६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन भिडियो हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोला

0 on: "आखिर किन गरीन त अन्जु पन्तले आत्महत्याको प्रयास ????"